नायक अनमोल केसी आजबाट ३१ वर्षमा प्रवेश गरेका छन् । अनमोलले आज जन्मदिनको योजना त्यस्तो नयाँ नभएको बताए । बिहानै मन्दिर पुगेर आएका केसीले साथीभाइसँग जन्मदिन मनाउने बताए ।नेपाली फिल्म क्षेत्रमा ‘होस्टेल’बाट उदाएका नायक केसीले यसपछि पछाडि फर्किएर हेर्नु परेको छैन । केसीले यसपछि ११ वटा फिल्ममा काम गरे । जसमध्ये, अधिकांश बक्स अफिसमा सफल…