डायरीमा पोखिएको प्रेमकथामा ‘ऊनको स्विटर’को टिजर

फिल्म ‘ऊनको स्विटर’को टिजर सार्वजनिक गरिएको छ । आउँदो वर्षको वैशाख २६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको टिजरमा नायक विपिन कार्की र नायिका मिरुना मगरको प्रेमभाव हेर्न सकिन्छ ।विशेषगरि, सामाजिक संजाल र मोबाइल नहुँदाको समयमा प्रेम पोख्ने तरिका विशेष थियो । सोही समयको कथालाई यो फिल्ममा भन्ने कोशिश निर्देशक नविन चौहानले गरेका छन् ।…