काठमाडौं – गायक रामकृष्ण ढकालले निर्माणमा हात हाल्दै तयार गर्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’ को बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजासहित शुभमुहूर्त सम्पन्न भएको छ। पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए भने अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै छायाङ्कन यात्रा आरम्भ गरेका थिए।…