कार्टुन्ज क्रूका सरोज अधिकारी, ‘पार्वती’ बाट फिल्ममा प्रवेश

काठमाडौं — चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’ का सरोज अधिकारी फिल्ममा डेब्यु गर्ने भएका छन्। नीता ढुंगानाले निर्देशन गर्ने फिल्म ‘पार्वती’ मा उनी सहायक निर्देशकका रूपमा अनुबन्धित भएका हुन्। आइतबार निर्मात्री तथा निर्देशक ढुंगानासँग लिखित सम्झौता गर्दै सरोजले अभिनयभन्दा निर्देशन पक्षबाट सुरुवात गर्नुको कारण फिल्मलाई गहिरो रूपमा बुझ्ने चाहना रहेको बताए। “अझै ३–४ फिल्ममा असिस्ट…