चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समावेश ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । गीतमा बाबुल र जुना रिजाल काफ्लेको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दिलिप रायमाझी, प्रियंका कार्की, सलोन…