चर्चित लोकगायिका सीता थापालाई खुकुरी प्रहार भएको छ । शनिबार बिहान घरायसी बिवाद उत्कर्षमा पुगेपछि गायिका थापाकी जेठानीले उनमाथी खुकुरीप्रहार गरेकी हुन् । खुकुरी प्रहारबाट उनको टाउको, पाखुरा र हातका औलाँहरुमा चोट लागेको छ । उनको अहिले जावलाखेलको अल्का अस्पतालमा उपचार भईरहेको छ । अहिले उनको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको छ । गायिका थापालाई…