आज प्रदीपको वर्थ डेः ‘पिताम्बर’को टिजर सार्वजनिक

नायक प्रदीप खड्काको जन्मदिनको अवसर पारेर फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा प्रदीप खड्का नै हाबी छन् । निर्माणपक्षले उनलाई ‘सुपरस्टार’को ट्याग दिदै टिजर सार्वजनिक गरेको हो । चैत्र २९ गतेबाट रिलिजमा आउन लागेको फिल्मको टिजरमा प्रदीपको एक्सन अवतार देखाइएको छ । फिल्मका लागि उनले निकै मिहिनेत गरेको पनि देख्न सकिन्छ…