सिद्धार्थ र अदिती बैबाहिक बन्धनमा बाँधिए

काठमाडौं– भारतीय अभिनेता सिद्धार्थ र अभिनेत्री अदिती राव हैदरी बैबाहिक बन्धनमा बाँधिएका छन् । उनीहरूले श्रीरंगपुर मन्दिरमा विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका हुन्। तेलंगानाको वानापर्थीस्थित ४०० वर्ष पुरानो मन्दिरमा उनीहरूको विवाह भएको हो। उनीहरूले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्। ‘तिमी मेरो चन्द्रमा, सुरज र तारा हौं। परीको कथा जस्तै हाम्रो साथ बनिरहोस्। सधैं…