काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भिड जम्मा गरेर सत्ता कब्जा गर्न सकिन्छ भन्ने सोच नराख्न विरोधीलाई चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय सुरक्षा तथा विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका बिषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले सिंहदरबार र बालुवाटार कब्जा गर्छौँ भन्ने छाडातन्त्र सह्य नहुने चेतावनी दिए । ‘लोकतन्त्र भनेको छाडातन्त्र होइन् । नेपाल लडेर बनेको…