काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले २०८४ सम्म सडक र सदन रास्वपाको हुने दावी गरेका छन् । रवि लामिछाने पक्राउ विरुद्ध शुक्रबार माइतीघरमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भ्रष्टहरू सरकारमा र आफूहरू सदन सडकमा रहने बताइका छन् । पुराना दलहरूले ३५ वर्षदेखि मुलुकमा रजगज गरेको उनले उल्लेख गरेका छन् । गत निर्वाचनबाट…