माओवादीले अवरोध गर्ने चेतावनी दिएपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं– प्रतिनिधि सभाको आइतबारको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पटक पटक सरेको थियो । एक बजेबाट दुई बजे हुँदै ३ः१५ बजेसम्म पुर्‍याइएको थियो। अपराह्न ४ बजेसम्म पनि बैठक बस्ने अवस्था नदेखिएपछि स्थगित गरिएको हो। नेकपा (माओवादी…