काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले विजुलीको बक्यौता एक सुका पनि छोड्न नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कसैको आदेशले विद्युत वक्यौता छुट दिन नसकिने बताएका हुन् । उनले २०८० पुसमा विद्युत वक्यौताबारे छानविन गर्न तत्कालीन सरकारले लाल आयोग बनाएको र २०८१ वैशाखमा आयोगको निर्णय…