‘बिना आधार म सदन र सडकमा सहकारी ठग भनेर चिनिएँ’– रवि लामिछाने

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमाण र आधारविना नै आफूलाई सहकारी ठग बनाइएको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अब आफूलाई ठग प्रमाणित गर्न चूनौति दिए । ‘आधार, प्रमाण, मुद्दा, उजुरी केही पनि नभएको केसमा म सदन र सडकमा सहकारी ठग भनेर चिनिएँ । प्रमाण नै प्रमाण,…