काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी पार्टीका सबै मन्त्रीलाई छलफलका लागि बोलाएका छन्। सोमबार साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा उनले मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन्। पछिल्लो समय प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच द्विपक्षीय भेटवार्ता बाक्लिएका वेला एमाले अध्यक्षले मन्त्रीहरूलाई सामूहिक रूपमा भेटका लागि बोलाउनुलाई सत्ताराजनीतिमा चासोका साथ हेरिएको छ। पछिल्लो…