‘यो सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ’– माधवकुमार नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद फेस गर्ने आँट राख्नुपर्ने बताएका छन् । शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने बताएका हुन् । अहिले आफूहरु पनि सरकारमा रहेको बताउँदै उनले भने,‘हामी अहिलेको सरकारमा रहेका छौं । यो सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ…