भूमिगत अवस्थामै ढोरपाटन नगरपालिकाका मेयरको समितिलाई बयानः ज्यानको असुरक्षा भएपछि बाध्य भएर भागे

काठमाडौं– नेकपा एमालेका निलम्बित नेता तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले पनि सहकारी रकम बचत दुरुपयोगबारे छानबिन गर्न गठित समितिलाई इमेलमार्फत बयान पठाएका छन् । उनी सहकारी ठगेर फरार भएको १ वर्ष भएको छ । इमेज ऋण तथा बचत सहकारीका अध्यक्ष रहेका नेपालीले आफैँ बचतकर्ताको एक अर्ब ८० करोड रुपैयाँ फिर्ता गर्नुपर्ने बताएका छन्…