काठमाडौं l श्रम संस्कृति पार्टी निकट कार्यकर्ताहरूले सुकुम्वासी बस्तीमा डोजर चलाएको विरोध गर्दै शनिबार माइतीघरमा प्रदर्शन गरेका छन्। माइतीघर मण्डला मा आयोजित प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध विरोध जनाएका हुन्। ‘यो देश गरीबको पनि हो’, ‘भूमिहीनलाई जमिन दे’, र ‘यो देश गरिबको पनि हो’ लगायतका नारासहित प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। हालै काठमाडौंसहित…