लहरो तान्दा पहरो गर्जिने भएपछि कुलिङ पिरियड काण्ड सामसुम पारिँदै

काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको हेरफेरबारे छानबिन गर्न गठन भएको समितिले सोमबार प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिलाई छानबिन गर्न दिइएको समयसीमा आइतबार सकिएकाले आज प्रतिनिधिसभामा बुझाउन लागिएको हो । त्यसका लागि सोमबार बिहानै ७ बजेदेखि समितिको बैठक बसिरहेको छ। आइतबारकै बैठकको निरन्तरता भनेर सोमबार बिहानदेखि बैठक बसिरहेको हो ।…