काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा मुलुक नरहेको बताएका छन्। उनले राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग भएकोप्रति प्रतिक्रिया व्यक्त गर्दै भने, हामी जुलुसमा विदेशीको फोटो राख्नुपर्ने अवस्थामा छैनौं। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोगको आलोचना गर्दै भने, जुलुसमा मान्छे घुसाएको…