सरकार फेरबदल नहुने देउवाको प्रस्टोक्ति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल सरकार फेरबदल नहुने स्पष्ट पारेका छन् । थाइल्यान्डको पाँच दिने निजी भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले हाल चलिरहेको सरकार परिवर्तनसम्बन्धी चर्चालाई पूर्णतः हल्ला मात्र भएको भन्दै खण्डन गरेका छन्।देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै प्रकारको विवाद नरहेको पनि…