धेरैपछि बोलेका रविले भने : मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, अब प्रतिक्षा लामो छैन

रास्वपाका सभापति रवि लामिछानेले आफ्नो बोल्ने समय एकदमै नजिक आएको भन्दै छिट्टै विशेष सम्बोधन गर्ने घोषणा गरेका छन् । जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा आफूसँग मागेको १ करोड धरौटी खारेजको माग लिएर उच्च अदालत तुलसीपुरको बुटवल इजलाशमा गएका रविले आज यस्तो प्रतिक्रिया दिएका हुन् । अदालतको मुख्यद्धारमा मिडियाकर्मीहरुसँग घेरिने क्रममा उनले यस्तो बताएका हुन्…