‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने प्रचण्डको चेतावनी  

१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले मेटाएर ‘जनयुद्ध’ नमेटिने बताए । उनले भने, ‘हजारौं शहीदहरुको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौं बेपत्ता योद्धाहरुको त्याग…