नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा २ बजे सुरु हुने जानकारी दिएको छ। यस बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरिने छ र चैत १५ गते समाजवादी मोर्चाले गर्ने वृहत् र्‍यालीलाई कसरी सफल बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ। बैठकमा स्थायी कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थित गर्न भनिएको छ,…