जलन अभियन्ता उज्ज्वलविक्रम उभिए गगन थापाको पक्षमा

काठमाडौँ - जलनमा परेका गरिब तथा असहाय व्यक्तिहरूलाई उपचार तथा सहयोग गर्दै आएका वरिष्ठ समाजसेवी उज्ज्वलविक्रम थापा नेपाली कांग्रेसका सभापति गगन थापाको पक्षमा उभिएका छन् । सामाजिक सञ्जालमार्फत उनले आगामी निर्वाचनमा प्रधानमन्त्रीको दौडमा रहेका नेताहरूमध्ये आफूले थापालाई रोजेको उल्लेख गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी का पूर्वनेतासमेत रहेका थापा हाल स्वतन्त्र रहे पनि कांग्रेस सभापति…