काठमाडौं । कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसारका क्रममा अन्य दलका उम्मेदवारलाई गाली नगर्ने नीति बनाएको छ । आइतबार बिहान कार्यसम्पादन समितिको भर्चुअल बैठकबाट पारित ‘निर्वाचन परिचालन निर्देशिका–०८२’मा प्रचार प्रसारका क्रममा गाली नगर्ने उल्लेख गरेको हो । ‘नेपाली कांग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका…