काठमाडौं– एमाले कोशी प्रदेशका सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। मानव बेचबिखन तथा ओसार पसारको कसुरमा पक्राउ परेका अधिकारीसहित ९ जनालाई हिरासतमा राख्न अदालतले म्याद थप गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ९ जना प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको…