अध्यादेश जारी गर्ने सरकारको संवैधानिक अधिकार हो, तर यथास्थितिमा पारित हुँदैनः कांग्रेस नेता विश्वकर्मा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मिन विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा कांग्रेससँग छलफल गरेपनि संसद्मा लैजाँदा पार्टीहरुबीचमा असन्तुष्टि आउँदा यथास्थितिमा पारित नहुने अवस्था सिर्जना भएको बताएका हुन् ।…