काठमाडौँ- नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले विपक्षी दलहरूले विगत ६ महिनादेखि सरकारको मात्र आलोचना गरिरहेको आरोप लगाएकी छन्। मंगलबार संसद बैठकको शून्य समयमा बोल्दै उनले विपक्षी दलहरूले राजनीतिक धर्म निर्वाहका नाममा सरकारको आलोचना गर्नमै सीमित रहेको बताइन्। ६ महिनादेखि सडकदेखि सदनको रोस्टमसम्म सरकारलाई सराप्ने र विरोध गर्ने बाहेक विपक्षीले केही गरेको छैन, उनले भनिन्, हुन…