काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा केही मान्छे जेल जाँदैमा कसैले पनि रुवाबासी गर्न जरुरी नरहेको बताएका छन् । बुधबार ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री शर्माले भनेका छन् ‘काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं ।…