क्यानबेरा– अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीब आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार प्रकाशित गरेको शिक्षा विभागको तथ्याङ्कअनुसार अगस्टमा विदेशबाट १५ हजार २७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन दर्ता भएका र यो सङ्ख्या सन् २०२३ को अगस्ट (३० हजार ७०३) को आधा हो । अष्ट्रेलियामा
काठमाडौं– त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत वर्ष सञ्चालन गरेको बीई सिभिल इन्जिनियरिङको नतिजा प्रकाशन गरेको छ । नतिजाअनुसार परीक्षामा सहभागी भएका ५१ जना विद्यार्थीमात्र उत्तीर्ण भएका छन् । संस्थानबाट सम्बन्धन पाएका १० वटा कलेजबाट ४ सय जनाभन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
काठमाडौं– नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आसन्न सम्मेलनलाई लिएर विद्यार्थी नेताहरूले उम्मेदवारी दाबी पेश गर्न थालेका छन् । यसैक्रममा पवन कार्कीले केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । कार्की हाल केन्द्रीय उपाध्यक्ष छन् । अध्यक्ष उम्मेदवार कार्कीले आफ्नो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको नभई, उत्तरहरूको आन्दोलन
काठमाडौं– आकाशे निलो सर्ट लगाएर कक्षाकोठामा पढ्न बसिरहेका छन् स–साना बालबालिकाहरु । तर कापीमा सिसाकलमले कालोपाटीमा लेखिएका कुराहरु सारिरहेका छन् । तर उनीहरुको अध्ययनमा ध्यान भन्दा पनि मुहारमा सकस देखिएको छ । उनीहरुको निधार र अनुहार मुख धोएको जस्तै गरि पसिनाले निध्रुक्क भिजेको छ ।तस्बीरमा देखिएका बालक झापाको झापा गाउँपालिका
काठमाडौं– करिब ९१ हजार विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न नपाउने भएका छन् । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजाअनुसार ९० हजार ८८८ अनुत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले पूरक परीक्षा दिएका थिए । सोमध्ये
काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले समय सीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीहरूका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले मंगलबार एक सूचना जारी गर्दै मानविकी तथा सामाजिक शास्त्र ,व्यवस्थापन , शिक्षा ,कानुन ,विज्ञान तथा प्रविधि अध्ययन संस्थानका बि.स. २०५८ साल देखीका वार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर
काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको पुरस्कार, विभुषण र विद्यापदक पाउनेहरूको सूची सार्वजनिक गरेको छ । बुधवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा सचिव डाक्टर दीपक काफ्लेले पुरस्कार पाउने विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको विवरण सार्वजनिक गरेका हुन् । सूचीअनुसार सामुदायिक प्राविधिक क्याम्पसतर्फ कास्की, ललितपुर र काठमाडौंका तीनवटा
नुवाकोट– त्रिशूली अस्पताल नुवाकोटमा गर्भवती महिलाको जटिल प्रकारको शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ । गर्भमा उल्टो बसेको बच्चाको घाँटीमा तीनफन्का साल बेरिएर शिशु निसास्सिएको र सुत्केरी हुने जोखिम अवस्थामा रहेको एक महिलाको बुधबार सफल शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । यस किसिमको शल्यक्रियालाई चिकित्सकीय भाषामा सिजरियन सेक्सन अप्रेसन भनिन्छ ।
ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ मूलखर्कको चौतारा माध्यमिक विद्यालयका तीन वटा कक्षा बन्द गरिएको छ। कक्षा ८, ९ र १० का विद्यार्थीमा रुने, चिच्चाउने, कराउने, हाँस्ने, काम्ने जस्ता लक्षण देखिने र बेहोस हुन थालेपछि विद्यार्थीलाई बिदा दिइएको हो। सुरुमा एक–दुई जना विद्यार्थीमा मात्रै यस्तो समस्या देखिए पनि तीन दिन अघिदेखि भने
काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन आह्वान गरेको छ। त्रिविले आज एक सुचना जारी गर्दै सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न आह्वान गरेको हो। २०५० असार १ गतेदेखि २०८१