बाढी प्रभावितका लागि जेभियर इन्टरनेशनल कलेजले गर्‍यो १० लाख सहयोग

काठमाडौं - जेभियर इन्टरनेशनल कलेजले बाढी प्रभावित समुदायका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ। जेभियर कम्युनिटीका तर्फबाट कलेजका अध्यक्ष लोकबहादुर भण्डारी र कार्यकारी निर्देशक डा. गोपाल भण्डारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। बाढी प्रभावित समुदायलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धताअनुसार उक्त रकम प्रदान गरिएको कलेजले जनाएको छ।…