चीनमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ भने ४ हजार भन्दा बढी संक्रमित भएका छन् । चीनमा भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ । भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ । चीन बाहिर जर्मनी, फ्रान्स, नेपाल,…