जेनजी आन्दोलनपछि माडागास्करका राष्ट्रपति देश छाडेर भागे

काठमाडौं । अफ्रिकी मुलुक माडागास्करमा पनि जेनजी आन्दोलन चर्किएको छ । जसकारण राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन्। जेनजीले सेप्टेम्बर २५ देखि सुरू गरेको देशव्यापी आन्दोलन चर्किँदै गएपछि उनी आइतबार देश छाडेर भागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। माडागास्करको संसदका विपक्षी नेता, एक सैनिक स्रोत र कूटनीतिज्ञले राष्ट्रपति देश छाडेर भागेको पुष्टि गरेका…