एजेन्सी– बंगलादेशमा आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीहरुले गरेको प्रदर्शन अझै चर्किको छ । बंगलादेशका विश्वविद्यालयका विद्यार्थीले सरकारी जागिरमा कायम कोटाको विरोध गरिरहेका छन् । उक्त प्रदर्शनमा बंगलादेशका विभिन्न भागमा गरी कम्तीमा २५ जना विद्यार्थीहरु मारिएका छन् । झडपमा सयौँ घाइते भएको बीबीसी बंगाली सेवाले जनाएको छ । ‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन्…