‘हामी नेपाली’ का सुदन गुरुङमाथि जेनजीबाटै हमलाको प्रयास

काठमाडौं - ‘हामी नेपाली’ एनजिओले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक सुदन गुरुङमाथि जेनजी खनिएका छन् । आन्दोलनको उपलब्धि र नयाँ सरकार गठनको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपस्थित जेनजीहरूले गुरुङलाई बोल्नै दिएनन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको संयोजकलाई बाइपास गरी आन्दोलन हाइज्याक गरेको भन्दै गुरुङमाथि अन्य जेनजी जाइलागेका हुन् ।…