काठमाडौं - काठमाडौंको धुम्बाराहीस्थित ब्लु डायमण्ड सोसाइटीले समलिंगी, तेस्रो लिंगी, अन्तरलिंगीको नाममा भ्रष्टाचार गरेको तथा सक्कलीको नाममा नक्कलीहरु हुलेर विकृति फैलाएको भन्दै यो समुदायका सदस्यले बुधबार सोसाइटीको कार्यालय घेरेका छन् । सोसाइटीले मिडियालाई गलत सूचना दिएको उनीहरुको आरोप छ । यतिबेला सोसाइटीको कार्यालयमा आरोप प्रत्यारोप चलिरहेको छ । अवस्था तनावमय छ ।