काठमाडौं - काठमाडौँ महानगरपालिकाले नेपाली भाषामा संवाद गर्न दिन मातहतका सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । उसले विद्यालयमा नेपाली बोल्दैमा विद्यार्थीलाई कारबाही नगर्न सचेतसमेत गराएको छ । महानगरपालिकाको शिक्षा विभागले सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पठाएको पत्रमा शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य नगर्न निर्देशन दिएको हो…