काठमाडौैं - गण्डकी प्रदेश सरकारले पारित गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सोमबारदेखि देशभर सार्वजनिक यातायातका साधन ठप्प भएपछि सर्वसाधारणले असाध्यै दुःख–कष्ट बेहोरेका छन् । गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनको बाटो खुला भएपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन्। सोमबार बिहानैदेखि लामो तथा छोटो दूरीका…