काठमाडौं । वरिष्ठ अधिवक्ता एवं संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रिय झण्डा ओढेर भोट माग्ने कार्य बर्जित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । फागुन २१ गते हुने आमनिर्वाचनमा भाग लिन दलका उम्मेदवारहरूले राष्ट्रिय झण्डा ओढेर भोट मागेको तस्बिर र भिडियो भाइरल बनेपछि आचार्यले यसबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । ‘राष्ट्रिय झण्डाको धेरै नै दुररुपयोग हुन…