एजेन्सी, ३ चैत - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (काेभिड- १९) ले जनमानसमा त्रास फैलाइरहँदा अमेरिकामा भने यसविरूद्धकाे खोपकाे परीक्षण गरिन लागेको छ । प्राणघातक कोरोनाको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप (भ्याक्सिन) अमेरिकाले पहिलोपटक मानवमा परीक्षण सुरु गर्न लागेको हो । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क…