काठमाडौं। गभर्नर बन्न कार्यकारी निर्देशकबाट राजीनामा दिएर हिँडेका डा.गुणाकर भट्टलाई गभर्नर डा.विश्व पौडेलले कार्यालय फर्काएका छन् । गभर्नर पौडेलले भट्टले दिएको राजीनामा अस्वीकृत गरी गभर्नर कार्यालयमा जिम्मेवारी दिएका हुन् । भट्टलाई सत्ता साझेदार कांग्रेसले सुरुमा गभर्नर प्रस्ताव गरेको थयो। प्रधानमन्त्री केपी ओलीले सुरुमा भट्टको नाममा ‘हुन्छ’ भने पनि पछि मानेका थिएनन्। जसकारण तत्कालीन कामु गभर्नर…