गाडी पार्किङ घटनाप्रति भीष्मराज आङ्देम्बेको आपत्ति, ‘जनआवाज छेक्न सकिँदैन’

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रमुख विपक्षी दलका सभापति गगनकुमार थापाको निवास तथा सञ्चारगृहहरू कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन र भाटभटेनी सुपरमार्केट अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले गेटअगाडि गाडी राख्ने घटना सामान्य पार्किङ नभई आलोचनात्मक आवाजलाई दबाउने प्रयास भएको…