काठमाडौं - उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले प्रहरी सेवाबाट अवकाश पाएकै दिन निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउनुका साथै अनुमति बेगर उपत्यका छाड्न नपाउने निर्णय गरेको छ । गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको आयोगले बिहीबार निर्णय गरी सरकारलाई सिफारिस गरेको छ । ‘आजदेखि सेवाबाट निवृत्त हुनु भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई भाद्र २३ र…