एभरेस्ट होटलमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै ओली

काठमाडौं । एमालेले प्रतिनिधिसभा निर्वाचन लक्षित आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी अध्यक्ष केपी ओलीसहित पदाधिकारीहरूको उपस्थितिमा काठमाडौं विशेष कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरिन लागेको हो । कार्यक्रम १२ बजे एभरेस्ट होटेल बानेश्वरमा हुने एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए । घोषणापत्रमा ‘समृद्ध नेपाल’ निर्माणलाई मुख्य एजेन्डाका रूपमा अघि सारिनेछ ।…