काठमाडौँ । ग्यासको अभावले कक्षा ५ मा पढ्ने एक बालक विद्यालय जान छाडेर खाली सिलिन्डरको लाइनमा बस्न बाध्य भएका छन्। काठमाडौँको एक ग्यास डिपो अगाडि मनिष बस्नेत शनिबारदेखि सिलिन्डर कुर्दै बसेका हुन्। घरमा चुलो बाल्न ग्यास नभएपछि आमाबुबा काममा जानुपर्ने भएकाले उनी आफैँ लाइन बस्न बाध्य भएका हुन्। ‘ग्यास छैन, त्यसैले स्कुल जान पाएन,’ मनिषले…