३७ जिल्ला बाढीको जोखिममा, सतर्क रहन आग्रह

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख तथा साना नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकालीलगायतका जलाधारका नदीमा जलसतह उल्लेखनीय बढ्नेछ। कमला, बागमती, पूर्वी–पश्चिम राप्ती र बबईमा भने बहाव सामान्य रूपमा बढ्ने अनुमान छ। सोमबार ३७ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सतर्कता…