पूर्वराज्यमन्त्री रायको हत्या प्रकरणबारे सिआइबीले अनुसन्धान गरिरहेको गृहमन्त्रीको जवाफ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् । सर्लाहीको चन्द्रनगर गाउँपलिका–१ मा सोमबार भएको रायको हत्याबारे प्रतिनिधिसभामा प्रश्न उठेपछि मंगलबार गृहमन्त्री लेखकले जवाफ दिएका थिए । उनले घटना हुनुअघि घरमा आएका तीन जना शंकास्पद व्यक्तिहरुको खोजी भइरहेको बताए । राप्रपाका नेतासमेत रहेका राय सोमबार बिहान आफ्नै घरमा…