काठमाडौंमा एकै दिन २ हजार ४४५ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४४५ चालकलाई पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १२८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६० जना, ट्राफिक बत्ती…