बालेन शाह चुनाव जितेपछि पहिलो पटक केन्द्रीय समिति बैठकमा जाँदै, यसअघि कुनै पनि बैठकमा सहभागी थिएनन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बिहीबार अपराह्न ४ बजे बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन रहेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा संसदीय दलको नेतृत्व चयन प्रक्रिया र विधान संशोधनसम्बन्धी विस्तृत छलफल हुनेछ। यसअघि रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो। आजको बैठकपछि…