काठमाडौं । काठमाडौं जिल्ला अदालतले कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार उनलाई धरौटीमा छोड्न आदेश गरेको हो। काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको अभियोगमा उनलाई गत वैशाख १३ गते शनिबार बेलुका काठमाडौँको कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। सहकारी ठगी प्रकरणमा राईविरुद्ध…